ककनी । ककनीको ढुंगे डाँडामा रक क्लाइम्विंग गर्दै (चट्टान चढ्दै) ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल सुविधानगरका विद्यार्थीको एकदिन वित्यो ।
स्काउट शिक्षक शिवकुमार त्वायनाको नेतृत्वमा २ रात ३ दिने हिउँदे क्याम्पमा सहभागी भएका ३ दर्जन ट्रिटन स्काउटहरुले ढुंगे डाँडामा रक क्लाइम्विंगमात्रै गरेनन, सुपरम्यान जम्प, टार्जन जम्प, अप्सेलिंग, कमाण्डो त्र्रिज, रोप क्लाइम्बिंग, टनेल, बाम्बो क्रसिंग लगायत २० वटा भन्दा बढी कृयाकलापमा सहभागी भए ।
उनीहरुलाई साहसिक, मनोरञ्जनात्मक, ज्ञानवद्र्धक र शैक्षिक कृयाकलापको साथै रातको समयमा वन्यजन्तु अवलोकन र क्याम्प फायर समेतको आयोजना गरि मनोरञ्जन गराइएको थियो ।
पहिलोपटक ककनी पुगेका ति स्काउटहरुलाई छात्र छात्राको अलग अलग शिवीर खडा गरि राखिएको थियो । स्काउट शिक्षक शिवकुमार त्वायना क्याम्प चिफ रहेको सो शिवीरमा कविता राई र शिव गैरे उपक्याम्प चिफ थिए ।
सो क्याम्पको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलकी भाइस प्रिन्सिपल ममता शाह तथा निर्देशक राजन सुवेदीले अवलोकन गर्नुभएको थियो ।







































