रहेनन् तामाङ चलचित्रको नायक तथा कलाकार तिर्थकुमार दोङ

512

काठमाडौं । तामाङ चलचित्रको नायक तथा कलाकार तिर्थकुमार दोङ विहिवार विहान स्वर्गारोहण हुनु भएको छ । बिहीबार बिहान ४ बजे उहाँ स्वार्गरोहण हुनु भएको परिवार स्रोतले जनाएको छ ।

लामो समय देखि कलेजोमा समस्या देखा परेपछि उहाँ उपचार गराई रहनु भएको थियो । कान्तिपुर अस्पतालमा उपचार गराईरहनु भएका नायक दोङ केहि समय देखि अचेत अवस्थामा रहनु भएको थियो ।

लेङस्याला सेम्जो नामक चलचित्रबाट चलचित्र बाट आफ्नो कलाकारिताको क्षेत्रमा प्रवेश गर्नु भएका दोङले थुप्रै तामाङ चलचित्रमा अभिनय गर्नु भएको थियो । सेमला दुङाल, ज्यो ज्यो आले, आले च्याङबा, डन च्याङबा, चारसाय बिस, तिङला जो जस्ता तामाङ चलचित्र अनी नेपाली चलचित्रमा समेत उहाँले अभिनय गर्नुभएको थियो ।

उहाँको निधन प्रति श्रृद्दाञ्जली ब्यक्त गर्दै तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले नायक एवं कलाकार दोङको निधनले तामाङ चलचित्र क्षेत्रमा अतुलनिय क्षती भएको बताउनुभयो ।

उहाँँको पार्थिब शरीरलाई बौद्व धर्म, तामाङ संस्कार अनुसार अन्तम संस्कार गरिएको छ ।