रहेनन् लोक गायक बुद्दिकृष्ण लामिछाने (भिडियो)

410

भक्तपुर । पिँडीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुदीहुन् मलाई सम्झेर
घाँस काट्ने खुर्केर अयो जोबन हुर्केर मैले के गर्नु ,
एउटा थाप्लोमा दुईटा नाम्लो मैले के गर्नु लगायत थुप्रै लोक गीतमा आफ्नो स्वर दिनु भएका लोक गायक बुद्दिकृष्ण लामिछाने अव यो संसारमा रहनु भएन ।
उनको शुक्रवार चाँगुनारायण नगरपालिका वडा नम्वर ७ वागिश्वरीमा आफ्नै निवासमा निधन भएको हो । विगत सात बर्ष देखि रोगले थलिदै आउनुभएका लामिछाने प्यारालाईसिस मृगौला लगायतका रोग बाट पीडित रहेका थिए ।
२०३६ साल देखि रेडियो नेपालबाट आफ्नो गायनलाई निरन्तरता दिदै आउनु भएका लामिछानेले नेपाली साँगीतिक दुनियाँमा थुप्रै गीत दिएका छन् । नेपाली सेना वाट सेवा निवृत्त रहेका लामिछाने पछिल्लो समय भने रोगले ग्रसित भएपस्चात गायनमा भने फर्कन असमर्थ रहेका थिए ।उनी पछिल्लो समय बोल्न हिँडडुल गर्न सम्म असमर्थ रहेका थिए ।
२०१२ साल श्रवण १ गते जन्मनु भएका लामिछाने शुक्रवार दिउसो १२ ः १० मा स्वार्गारोहण भएका हुन् ।
उनको पार्थिब शरीरलाई शुक्रवार नै सवा ३ बजे छोरा सुवेग र सचेतले दागबत्ती दिएका थिए । उनको दाहसंस्कार चाँगुनारायण नगरपालिका वडा नम्वर ७ मा नै अवस्थित महादेव स्थानमा गरिएको छ । उनका दुई श्रीमती २ छोरा र ५ छोरी रहेका छन् ।
उनको निधन प्रति भक्तपुर साहित्यिक समाज र भक्तपुर साँगीतिक समाजले गहिरो दुःख ब्यक्त गर्दै आत्माको चिर शान्तीको कामना गरेका छन् ।