राजु मास्टर र बल्छी ध्रुवेअव ‘मेरी बास्सै’ मा देखिन्नन्

467

काठमाडौंः कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) ले नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ छाडेका छन् ।

अभिनय, लेखन र निर्देशन गर्दै आएका उनीहरुले कार्यक्रम छाडेको घोषणा फेसबुकमार्फत गरेका हुन् ।

बल्छी ध्रुवे र राजु मास्टरको नाममा संयुक्त फेसबुक स्टाटस लेखेका उनीहरुले कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको बताएका छन् ।

उनीहरुले लेखेका छन्, ‘मिडिया हबसँग विविध कुरामा सहमति हुन नसक्दा आजको मितिबाट हामीले मेरी बास्सैबाट अलग भएका छौँ। यस कदमबाट हाम्रा भगवानरुपी दर्शकहरुमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ ।

साथै उनीहरुले ‘हाम्रा दर्शकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाँडो भन्दा चाँडो यही बल्छी अनि राजु मास्टरकै भेषमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरुमाझ आउने छौँ। र, सधै यस्तै मायाको अपेक्षा गर्नेछौ।’ उल्लेख छ ।

यता मिडिया हबले भने उनीहरुले छाडेपनि कार्यक्रम नियमित आउने बताएको छ । कार्यक्रम मंगलबार प्रशारण हुँदै आएको छ ।

उनीहरुले लेखेको फेसबुक स्टाटस