राधेराधेबाट ४ जुवाडे पक्राउ

398

भक्तपुर ।

राधेराधेबाट चार जुवाडे पक्राउ परेका छन् ।

भक्तपुरको मध्यपुर नगरपालिका–४ राधेराधेबाट शनिबार दिउँसो स्थानिय ३४ वर्षीय राजन भासिमाको कक्टेल नेवारी खाजा घरमा जुवातास खेलीरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी वृत्त ठिमीको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

जुवा तास खेली रहेका उनीहरूकाे साथबाट नगद १ लाख ७५ हजार ५ सय रुपैयाँ र ६ बुक तास समेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।