राप्रपाका प्रदेशसभा सदस्य सुनील केसी रास्वपा काठमाडौं–२ उम्मेदवार 

0

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं क्षेत्र नम्बर २ बाट सुनील केसीलाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट रास्वपा नेतृ सोबिता गौतम निर्वाचित भएकी थिइन्। गौतम यसपटक चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएकी छिन्।

केसी यसअघि काठमाडौँ–२ (प्रदेशसभा–क) बाट निर्वाचित भएका थिए र त्यतिबेला उनी राप्रपाका तर्फबाट चुनाव लडेका थिए।