राप्रपाको युवा र विद्यार्थी संगठनले राणालाई समर्थन गर्ने

2457

काठमाण्डौं । राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकाल्दै आफुहरुको सर्मथन राप्रपा ( प्रजातान्त्रिक) मा रहेको जनाएका छन् ।

विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष राजिव लामिछाने

युवक संगठन केन्द्रिय अध्यक्ष दिपक कुमार राई र विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष राजिव लामिछानेको संयुक्त विज्ञप्ति मार्फत आफुहरुले पशुपतिशमशेर जवराको राप्रपा ( प्रजातान्त्रिक)मा सर्मथन जनाएको वताउनुभएको छ ।

युवक संगठन केन्द्रिय अध्यक्ष दिपक कुमार राई

राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशवाट सामुहिक नेतृत्वको अवधारण अनुरुप भएको सहमतीको विखण्डन सँग सँगै विद्यार्थी र युवा संगठनहरुले पनि आफ्नो मुल धारलाई समर्थन गर्दै आएका हुन् ।

राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशमा भएका कुराहरुलाई गलहत्याई अध्यक्ष कमल थापाले केवल एकलौटी रुपमा हुकुमी शैलीमा लागेको , पार्टी एकताका समयमा भएको भद्र सहमतिहरु पालना नगरेको र नेतृत्वको कारण स्थानिय निकायमा पनि पार्टीलाई ठुलो नोक्सानी पुगेको जनाउँदै आफुहरुले राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जवराको नेतृत्वमा एकेवद्दता जनाएको प्रेश विज्ञप्ती मार्फत वताएका छन् ।

यसका साथै संगठनहरुले देशभरका युवा विद्यार्थीहरु , सम्पूर्ण जिल्ला, क्षेत्र , नगर र गाउँ कार्यसमिति लगायत सम्पूर्ण क्याम्पस इकाई समितिहरुलाई बैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको छवि अनुरुप गोलवद्द भई राप्रपा (प्रजातान्त्रिक)मा सहयोग गर्न अपिल समेत गरेको छ ।

विज्ञप्ती