राप्रपाले निर्वाचन समीक्षा गर्न बैठक बोलायो

297

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा बुधबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने समेत निर्णय गरेको प्रवक्ता भुवन पाठकले बताए ।

देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने सो बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय बताइएको छ । साथै बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ ।

साथै पुस १४ गते स्व. राजा वीरेन्द्रको व्यक्तित्वबारे काठमाडौँमा एक गोष्ठिको आयोजना गरिने बताइएको छ ।