काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार दर्ता गर्ने तयारी गरेको छ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार १६० जनाको नाम टुंगो लागिसकेको छ। उनले भने, “भोलि बिहानसम्म बाँकी क्षेत्रका उम्मेदवार पनि टुंगो लाग्नेछ।”
शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पहिले नै टुंगो लागिसकेको छ भने धेरैजसो नेताहरुलाई पहिले लड्दै आएको क्षेत्रमै टिकट दिइएको छ।
मुख्य उम्मेदवारहरू:
- अध्यक्ष राजेन्द्र लिङ्देन – झापा–३
- वरिष्ठ नेता कमल थापा – काठमाडौं–५
- उपाध्यक्ष बुद्धिमान तामाङ – धादिङ–२
- उपाध्यक्ष विक्रम पाण्डे – चितवन–३
- उपाध्यक्ष ध्रुवबहादुर प्रधान – नवलपरासी–२
- उपाध्यक्ष हेमजंग गुरूङ – कास्की–२
- वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र – काठमाडौं–१
- महामन्त्री कुन्ती शाही – दैलेख–१
निवर्तमान सांसद र परिवारका उम्मेदवार:
- दीपकबहादुर सिंह – मकवानपुर–१
- ज्ञानेन्द्र शाही – जुम्ला
- बिना जैलवाल – पर्सा–२
- अनिता नेपाली – सल्यान
- दीपक बोहोराका छोराहरु: प्रज्वल (रुपन्देही–१), गौरव (रुपन्देही–३)
- भुपेन चन्द – बैतडी
अन्य उम्मेदवारहरू:
- सेनाका पूर्वकर्णेल राजेन्द्र चन्द – दार्चुला
- पूर्व कर्णेल रघुबरराज थापा – ललितपुर–२
- धार्मिक अभियन्ता अभिषेक जोशी – तनहुँ–१
- ई. गोपीकृष्ण चौलागाईँ – सिन्धुपाल्चोक–२
- कुन्तीदेवी पोखरेल – काठमाडौं–२
- रविकिरण हमाल – सुर्खेत–१
- नवनितकुमार मिश्र – नवलपरासी–१
- सजिना कार्की – ललितपुर–१
- रञ्जित श्रेष्ठ – काभ्रे–२
- कार्बिका थापा – रुपन्देही–२
- उद्ववराज भेटवाल – काठमाडौं–६
- ज्वाला नेपाल – इलाम–१
- प्राडा हेमराज कार्की – झापा–१
- स्वागत नेपाल – झापा–२
- भक्ति सिटौला – झापा–४
- लक्ष्मीप्रसाद संग्रौला – झापा–५
- मनोज मल्ल ठकुरी – धनुषा–१
- प्रवीणकुमार ठोकर तामाङ – दैलेख–२
- भरत वहादुर खड्का – भक्तपुर- १
- विक्रम थापा -भक्तपुर -२
राप्रपा भोलि मनोनयन दर्ता प्रक्रिया सुरु गर्न लागेका छ र सबै उम्मेदवारको दर्ता भइसकेपछि चुनावी मैदानमा पूर्ण सहभागिता हुने अपेक्षा गरिएको छ।








































