राष्ट्र बैंकले सुनको आयात कोटा बढाएर दैनिक २५ किलो पुर्यायो, ब्यवासयीले ३५ किलो माग गरे :: BIZMANDU

271


काठमाडौं। चाडबाड र बिवाहको सिजन सुरु हुन लागेको भन्दै बाणिज्य मन्त्रालयको सीफारिसमा राष्ट्र बैंकले सुन आयातको कोटा दैनिक २० किलोबाट बढाएर २५ किलो पुर्याएको छ। 

राष्ट्र बैंकले आगामी मंसिरसम्मका लागि सुनको दैनिक आयात कोटा ५ किलोले बढाएको हो। अहिले दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। यसमा ५ किलो थपेर २५ किलोसम्म ल्याउन पाइने निर्णय गरिएको हो। 

सुनचाँदी ब्यवसायीले दैनिक आयात कोटा १५ किलोले बढाएर ३५ किलो पुर्याउन माग गरेका थिए। तर खस्किँदो विदेशी विनिमय सञ्चिति र बढ्दो शोधनान्तर घाटालाई हेरेर राष्ट्र बैंकले २५ किलो मात्र आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो।

सुन तस्करीमा कडाइपछि ब्यवसायीले बैंकसँग सुनको माग गर्न थालेका छन्। सुन तस्करी मौलाएका बेला बिगतमा ब्यापारीले बैंकबाट सुन नै उठाउन छाडेका थिए। बैंकहरुसँग ६०० किलोसम्म स्टक हुन थालेपछि आयात नै बन्द गर्न थालेका थिए।

सुन तस्करीमा सरकारले कडाइ गरेपछि अहिले आएजति सुन ब्यापारीले उठाउने गरेको बैंकरहरु बताउँछन्। अहिले बैंकहरुसँग १०० किलो हाराहारी सुन स्टक छ।

बैंकहरुले युएइ र थाइल्यान्डबाट बढिजस्तो सुन आयात गर्छन्। पछिल्लो समय सेञ्चुरी बैंकले मलेसियाबाट सुन आयात गर्ने प्रकृया थालेको छ। बैंकरका अनुसार दुवइ र थाइल्यान्डभन्दा अहिले मलेसियामा सुन केही सस्तो पाइन थालेको छ। ‘पहिलेदेखि युइएइतिरबाट सुन ल्याउने गरेकाले त्यहीँको बजारमा बैंकहरुको विश्वास बढि छ’ एक बैंकरले भने, ‘अब बिस्तारै मलेसिया र अन्य देशबाट पनि सुन आउन थाल्छ।’ 




राष्ट्र बैंकले सुनको आयात कोटा बढाएर दैनिक २५ किलो पुर्यायो, ब्यवासयीले ३५ किलो माग गरे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link