रास्वपा: महोत्तरी–३ बाट उज्जवल कुमार झा उम्मेदवार

0

महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महोत्तरी क्षेत्र नम्बर ३ बाट उज्जवल कुमार झालाई आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

झा भ्रष्टाचार विरोधी समाजसेवी र युवा नेता हुन्। उनी लामो समयदेखि जनताको आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र युवाको सशक्तीकरणका क्षेत्रमा सक्रिय छन्।

उनको उम्मेदवारी भ्रष्टाचार विरुद्धको अभियान, समाजप्रतिको समर्पण, दूरदर्शिता र जनसेवाप्रतिको प्रतिबद्धताको स्पष्ट संकेत मानिएको छ।