रोशी गाउँपालिकाको मोवाईल एप सुरु, गाउँपालिकाको सेवा मोवाईलमा नै

311

संगम लामा
काभ्रे । रोशी गाउँपालिकाले आफ्नो मोबाइल एप (Mobile App) सार्बजनिक गरेको छ । सार्बजनिक भएको  एप्लिकेशनमा गाउँपालिकाबाट हुने सम्पूर्ण क्रियाकलापहरूको अद्याबधिक जानकारी, सूचना, समाचार हेर्न र पढ्नका साथसाथै गाउँपालिकाले जनताका लागि उपलब्ध गराउने सबै सेवाहरू बारे बिस्तृत जानकारी, गाउँपालिकाभरका सबै वडा कार्यालय र निर्वाचित जनप्रतिनिधिहरूको सम्पर्क सहितको विवरण, गाउँपालिकाले प्रत्येक आ.ब.मा सञ्चालन गर्ने योजना र परियोजनाहरू बारे हेर्न र बुझ्न साकिन्छ।

यसैगरी यहाँहरूको केहि सुझाव तथा गुनासो भएमा समेत दर्ता गर्न सक्नुहुनेछ ।
Google Play Store मा गई *roshi rural municipality* type गरि हाम्रो App download गर्न सकिन्छ।