लागु औषध ट्रामाडोल र डिकोलिक ट्याब्लेट बरामद

0

इनरुवा । सुनसरीमा एकपछि अर्को स्थानबाट लागु औषध बरामद हुने क्रम जारी रहेको छ ।

प्रहरीले पच्छिलो पटक जिल्लाको धरान उपमहानगरपालिका वडा नम्बर ८ तिनकुनेबाट लागु औषध बरामद गरेको छ । प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इटहरीबाट धरान तर्फ जाँदै गरेको प्र. १–०२–०५५ प. ११३२ नम्बरको मोटरसाइकलमा लागु औषध बरामद गरेको हो ।

मोटरसाइकल सवार चालक मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप गाउँपालिका वडा नं.३ का २० वर्षीय नविन कँडेलको साथबाट लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नवीन कँडेलको साथबाट लागु औषध ट्रामाडोल ५९०  क्याप्सुल र डिकोलिक  ५९०  ट्याब्लेट फेला परेकाले दुबै जनालाई उक्त लागु औषध र मोटरसाइकल सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।