काठमाडौं । कीर्तिपुर नगरपालिकाले सबै वडामा न्यायिक समिति सम्बन्धि सचेतना अभियान सञ्चालन गर्दै आएको छ । लैङ्गिक हिंसा न्यूनिकरण र रोकथामका लागि नगरपालिकाले वडास्तरीय सचेतना अभियान सञ्चालन गरेको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनीता) नगरपालिकाले वडामा नै पुगेर न्यायिक समिति सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको बताउनुभयो ।
उहाँका अनुसार लैङ्गिक हिंसाका केही केशहरु न्यायिक समितिमा आउँछन यसको अन्य केश भन्दा केही कम लैंगिक हिंसाका केशहरु कीर्तिपुर नगरपालिकाको न्यायिक समितिमा आउने गरेका छन् । उहाँले भन्नुभयो,“ अहिले नगरपालिकाले प्रत्येक वडामा लैङ्गिक हिंसा सम्बन्धीको सचेतना अभियान नै चलाएको छ । यसमा हामी सक्रिय भएर लागेका छौं ।”
हिंसा सम्बन्धी केशहरु नगरपालिकाको न्यायिक समितिमा न्यून मात्र आउने गरेको छ तर हिंसा नै नभएको भन्ने चाहि होइन अहिले मनोसामाजिक परामर्श कक्षा प्रत्येक वडामा लिइरहेका छौं यो पनि एक प्रकारकाकोे हिंसा नै हो त्यो हिंसा न्यूनिकरण गर्न नगरपालिकाको न्यायिक समितिमा आउन भन्नका लागि नगरपालिकाले मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गरेको हो । कतिपयलाई स्थानीय तहबाटै न्यायिक निरुपण हुन्छ भन्ने जानकारी नभएकाले पनि होला लैङ्गिक हिसा सम्बन्धीका केश कम मात्र आउने गरेका छन् ।
शाक्यका अनुसार जत्ति पनि मुद्धाहरु न्यायिक समितिमा आउँछन संभवन भएसम्म एक महिना भित्र मेलामिलाप गराउन प्रयास गर्छौं । मेलमिलाप गर्न संभवन नभएका र मेलमिलाप गर्न नमिल्ने केशहरुलाई एक महिनाभित्रमा सम्बन्धित व्यक्तिलाई विषय बोध गराएर जिल्ला अदालतमै जान आग्रह गर्ने गरिएको छ । हाम्रो तहबाट न्यायिक निरुपण हुन नसक्ने हामीलाई लाग्यो भने अदालतमा पठाउन आग्रह गर्ने गरिएको छ । हामीले मुद्दा दर्ता नभइकन पनि अनौपचारिक रुपमा पनि केशहरु मिलाउने प्रयास गरेका हुन्छौं तर नमिल्ने केसमा भने हाम्रो तहमा अलमल्याएर राख्दैनौं र अदालता जाने बाटो खुल्ला उहाँले स्पष्ट पार्नुभयो ।








































