भक्तपुर । मञ्जुश्री सम्वत २८५५ औं ल्होछारको अवसरमा प्रदेश सरकारले ३ नम्वर प्रदेशमा सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (फाग ढ्वा ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ ।
गत माघ १९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो ।
तामाङबाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ । माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ ।







































