वर्षा अगावै भक्तपुर डुवानमा , असिना पानीले तरकारी नस्ट

1747

भक्तपुर । नयाँ वर्षकै दिन भक्तपुरमा परेको अविरल वर्षाका कारण भक्तपुर डुवानमा परेको छ ।
भक्तपुरको दक्षिणी भेगमा दिउसो २ बजे देखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोला किनार डुवानमा परेको हो ।
सदाको वर्ष वर्षा मौसममा डुवानमा पर्दे आएको हनुमन्ते किनार आज परेको पानीले वर्षा सुरु हुनु अगावै डुवानमा परेको छ ।
केहि समय थामिएको बर्षा पुन पर्न थालेपछि खोला किनार बासी भने त्रासमा रहेका छन् ।

असिना पानीले तरकारी बाली नस्ट
दिउसो देखि परेको पानी सँगै आएको असिनाले चाँगुनारायण नगरपालिका वडा नम्वर ८ को सम्पूर्ण तरकारी बाली नस्ट भएको छ ।


किसानले लगाएका फर्सी काँक्रा बोडी सिमी आलु काउली बन्दा लगाएतका तरकारी बाली पानी सँगै परेको असिनाले नस्ट भएको छ ।
काट्ने वेला भएका गहुँबाली समेत असिनाले नस्ट गरेको छ ।