प्रहरीद्वारा ४ हजार लिटर अवैध मदिरा नष्ट
काठमाडौं । सुकुम्वासी भनेपछि घरवार, सम्पत्ति केही नभएको गरीव व्यक्ति भनेर अनुमान गरिन्छ । तर पछिल्लो समयमा राजधानीको खोला किनार होस या सरकारी पर्ति जग्गामा घरटहरा बनाएर बस्ने व्यक्तिहरु भने नामले मात्रै सुुकुम्वासी तर वास्तवमा उनीहरु धनीमात्रै नभई अधिकाँशगैरकानूनी काममा संलग्न रहने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

यही तथ्यांक र अनुमानको आधारमा विहीबार महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौं महानगरपालिका वडा नं ३१ शान्तिनगर बागमती खोला किनारको सुकुम्वासीवस्तीमा छापा मार्दा प्रहरी नै छक्क पर्यो ।
वृत्त प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्द राज काफ्लेको नेतृत्वमा बिहीबार अपरान्हपख गएको प्रहरी टोलीले सो ठाउँमा अवैधरुपमा घरेलु मदिरा बनाईराखेको अवस्थामा चारजना महिलालाई पक्राउ मात्रै गरेन, करीव ३ लाख भन्दा बढी मूल्य बराबरको ४ हजार लिटर अवैध घरेलु मदिरा (रक्सी, जाँड र तोङ्गवा) समेत वरामद गर्यो ।
सो अवैध मदिरा त्यहाँ उत्पादन गरि विक्रीको लागि बोतल, ग्यालिन र बाल्टीमा राखिएको अवस्थामा प्रहरीले वरामद गरेको थियो । सो ठाउँमा अवैध मदिरा तयार गरि विभिन्न भट्टी पसल र होटेलहरुमा लगेर विक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा सुकुम्वासी टोलमा झैझगडा, हत्या, हिंसाका घटना बढ्नु र अन्यत्र ठाउँमा चोरी रअपराध गरेपछि लुक्ने ठाउँको रुपमा सुकुम्वासी टोल मुछिन थालेकोले केही समयदेखि नयाँबानेश्वर वृत्तले आफ्नो क्षेत्रमा पर्ने सुकुम्वासी टोलमा आफ्नो निगरानी बढाएकोे थियो ।
निगरानी बढाउने क्रममा प्रहरीले शान्तिनगर सुुकुम्वासी टोलबाट ठुलो परिणाममा अवैध मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने भाँडाकुँडा वरामद गरेको थियो ।

वरामद गरिएको अवैधघरेलु मदिरा बागमती नदीको किनारमा एक्साभेटरले खाल्डो खनेर विहीबार साँझ डिएसपि काफ्लेका साथै स्थानीय अधिवक्ता गणेश केसी, मनोहरा सम्पदा समाजका अध्यक्ष पद्मकुमार रेग्मी, स्थानीय पत्रकार र ३१ नं वडाका जनप्रतिनिधिको रोहवरमा नस्ट गरियो । ।
अवैध मदिरा बनाउने कार्यमा संलग्न ४ महिलालाई विहीबार एकरात थुनामा राखी आइन्दा यस्तो कार्य पुनः नगर्ने कागज गराएर छोड्ने डिएसपि काफ्लेले बताउनुभयो ।
Related