भक्तपुर– वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा बाल ¥याली, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले हरेक अभिभावक तथा शिक्षक शिक्षिकाले विद्यार्थीहरूलाई नैतिक शिक्षामा जोड दिई अध्यापन गर्दा समाजमा आवश्यक देशभक्त
, असल र इमानदार जनशक्ति तयार हुन्छ भन्नुभयो ।
नया“ पुस्ता मोबाइल प्रयोग गरी दिनभर कोठाभित्र समय बिताउने व्यवहारले सामाजिक गतिविधिबारे कुनै चासो नराख्ने बानीको विकास भएको स्पष्ट पार्दै उहा“ले विद्यार्थीहरूको शारीरिक र मानसिक रूपमा नकारात्मक असर पर्ने त्यस्तो व्यवहारप्रति हरेक अभिभावक सचेत रहन आग्रह गर्नुभयो ।

विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले हरेक अभिभावक शिक्षक र हरेक शिक्षक अभिभावक बन्नुपर्ने आवश्यकता औंल्याउ“दै यसले विद्यार्थीको बौद्धिक तथा शारीरिक विकासमा ठूलो योगदान हुने बताउनुभयो ।
प्राचार्य कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रावि इन्चार्ज कृष्णमान मलेपति, शिक्षिकाहरू मिना प्रजापति, सोनी न्हेम्हाफुकीलगायतले बोल्नुभएको थियो ।

बाल अधिकारका विभिन्न नाराहरू, सा“स्कृतिक झा“की, धिमे बाजा, बासुरी बाजासम्मिलित ¥यालीपश्चात सुरु भएको औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरूले विभिन्न प्रकारका सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए ।







































