वाम गठबन्धनको रापले गुण्डा गठबन्धन ओझेलमा : गुण्डा एकिकृत गर्दै एमाले !

565

मनाङगे र चक्रे एकै पार्टीमा !

दिनेश अधिकारी चरीको इन्काउन्टर अनि रमेश बाहुनको जेल यात्रा अनि चक्रे मिलनको बढ्दो निस्क्रियताले गुन्डाविहिन बन्दै गएको एमालेमा नयाँ सदस्यको आगमन भएको छ दिपक मनाङगेको ।

पुरानो राप्रपाहुँदै कांग्रेस अनी थारुहटहुँदै कमल थापा नेतृत्वको राप्रपामा पुगेका उनी राप्रपा मनाङको अध्यक्ष समेत भएका थिए।

वाम एकिकरणको मोहले हुनसक्छ कमल थापासंग उनको मोह भंग भएछ। माओवादी केन्द्र र नयाँ शक्तिसंग चुनाबी

उनलाई एमाले बनाउन काठमाडौको होटल मर्स्याङदीमा भब्य कार्यक्रम गरिएको थियो जहाँ एमाले मनाङ अध्यक्ष पाल्देन गुरुङले मनाङगे सहित राप्रपा मनाङको कार्यसमितीलाई नै एमालेमा प्रवेश गराएका थिए ।तालमेलसँगै पार्टी एकिकरणको घोषणा सभा हुनु अघिल्लो दिन मनाङगेले राप्रपा छाडेर एमाले प्रवेश गरे।

२०४६ पछिको गुन्डायाममा मौलाएका मनाङगे ठमेल क्षेत्रलाई आधार बनाएर संगठित आपराधिक गतिविधि गर्न सक्रिय रहेको प्रहरी रेकर्डमा उल्लेख छ।

कुनै समय उनको अनुमतीबिना ठमेल क्षेत्रमा रात्रिकालिन व्यापार थाल्न असम्भव नै थियो। गुन्डा तह लगाउन इन्काउन्टर थालिएपछि केही निस्कृय भएका हुन्।

उनको आम्दानीको मुख्य स्रोत रात्रिकालिन ब्यवसाय रहे पनि कवाडी सामानदेखी ट्राभल्स र होटलसम्ममा उनको लगानी देखिन्छ। वालुवा खानीमा पनि उनी संलग्न थिए।

उनको प्रतिष्पर्धी चक्रे मिलन पनि एमाले समर्थखा रूपमा चिनिन्छन्। मनाङगेको एमाले प्रवेशपछि कट्टर दुश्मनले समात्ने झण्डा एकै भएको छ ।

मनाङगेले अकुत सम्पत्ति मुद्दामा सफाई पाइसकेका छन् । एमालेको झण्डामुनी एकीकृत चक्रे र पर्शुराम बस्नेतको मुद्दा जारी छ।