बिकास प्रहर नयाँ पुस्ताका अत्यन्त सशक्त गजलकार हुन। एउटा गजल पढीसक्दा वा सुनी सक्दा पाठक वा श्रोताका मस्तिष्कमा एउटा स्थायी बिम्ब निर्माण हुन्छ र हृदयमा उत्पन्न तरङ्गले लामो समय सम्म अनौठो प्रभाब पारिरहन्छ।यही उनका गजलको शक्ति हो।
-डा.गजलकार देबी नेपाल
यिनलाई नेपाली गजलले संरक्षण गर्न सक्यो भने वा क्षणिक प्रशंसाले यिनी मात्तिएनन् भने सिङ्गो नेपाली गजलका लागि यिनको उपस्थिति महत्वपूर्ण हुन जानेछ।
-गजल संस्था अनाममण्डली
बिकासका गजलहरू उच्च छन्,शालिन छन्,कोमल छन्, प्रिय छन् अनि बिकास प्रहर सबैलाई प्रेम गर्छ, अादर गर्छ। बिकासको यो उचाई,यो हार्दिकता ,यो कोमलता सधैँ कायम रहोस्।
– गजलकार सुरेश सुवेदी
अाफ्नो सहृदय भित्रको स्पर्श र केही छट्पटि गजलमा पोखेर पाठकको मनमा पस्न तम्तयार छन् बिकास प्रहर।
-गजलकार अगिब बनेपाली
विकास थापा प्रहरका गजलहरु
गजल १
फिर्ता लैजाऊ पर्दैन भो तस्बिर हातमा थमाउन,
दूर जाऊ मलाई छोडी सक्छु एक्लै रमाउन।
बदलियो खुसी सारा माया बिना तिमी बिना,
दौडिरहेँ एक्लै एक्लै छाया आफ्नै समाउन।
याद तिम्रो बिर्सनलाई साँझ बिहान भट्टीभित्र,
साथी अनि बोतलसँगै बस्छु माहोल जमाउन।
२
दिएको छ जिन्दगीले धोका सधैँ सधैँ,
अनि पो त दुख्दो रैुछ कोखा सधैँ सधैँ।
बादलुका टुक्रा जस्तै उड्छ टुक्रिएर,
इच्छा अनि आकांक्षाका पोका सधैँ सधैँ।
खुसी मेरो मिसिएर बतासमा उड्दा,
टाढा भाग्छ बतासका झोक्का सधैँ सधैँ।
विवसताका कथा सम्झी एकान्तमा मैले,
पिएको छु आँसुका यी थोपा सधैँ सधैँ।
बिकासुको महल छेउ कुरी बसेँ तर,
मेरालागि बन्द भए ढोका सधैँ सधैँ।
३
कलेजीमा तस्बिर तिम्रो मैले राखी आएँ,
जुनी जुनीसँगै बाँच्न तिम्रै लागि आएँ।
मैले पुज्ने देउतालाई आज फेरि मैले,
फूलपाति चढाएर तिमी मागी आएँ।
अँधेरीमा याद आई जलाउँदा छाती,
जूनसँगै खेल्दै म त रातभर जागी आएँ।







































