विद्यार्थी सङ्घकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा–२ बाट उम्मेदवार सिफारिस

1

 

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसको उम्मेदवारका रूपमा सिफारिस भएकी छन् ।

नेपाली काँग्रेस पाल्पा क्षेत्रीय समितिले प्रत्यक्षतर्फ कुँवरसहित पाँच जनाको नाम सिफारिस गरेको हो । सिफारिस सूचीमा पार्टीका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, वीरबहादुर राना, कृष्ण बस्याल र मिना पन्थी रहेका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । विद्यार्थी आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेकी महेश्वरी कुँवर जिल्लामा लोकप्रिय नेतृका रूपमा परिचित छिन् । सङ्गठन निर्माणदेखि राजनीतिक चेतना विस्तारसम्मको योगदानका कारण उनको उम्मेदवारीलाई काँग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।