भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा संचालित उत्थान शील नगर प्रवद्र्धन र सहभागिता९क्तचभलनतजभलष्लन ग्चदबल च्भकष्ष्भिलअभ बलम भ्लनबनझभलत एचयनचबm०कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाई, नगर शिक्षा शाखा, श्रोत ब्यक्तिहरु र भक्तपुर रेडक्रस बीच आयोजित बिद्यालय सुरक्षा विषयक १ दिने कार्यशाला सम्पन्न भएको छ ।
उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत कार्यक्रम लागू भएका विद्यालयहरुमा संचालित गतिविधिहरुको प्रगतिविवरण तथा चालू २०७५ सालको कार्य योजनाका बारे जानकारी गराउने तथा विपद् जोखिमन्यूनीकरण सम्वन्धि गतिविधिहरु विद्यालय सुधार योजनामा समावेश गराउने उद्धेश्यले होटेल स्वीट होम, भक्तपुरमा संचालित कार्यशालामा शिक्षा ६ महिला र २० पुरुष गरी २६ जनाको सहभागिता रहेको थियो ।
सहभागिहरुलाई स्वागत गर्नुहुदै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यएवं भक्तपुर रेडक्रसका सभापति मनोजकुमार थापाले विद्यालयका न्यूनतम आधारहरु निर्माण गरी सरल सहज रुपमा शिक्षा आदान प्रदान गरी विद्यालयमा हुन सक्ने बहु–जोखिमहरु न्यूनीकरण गर्ने उद्धेश्यका साथ भक्तपुर र मध्यपुर थिमीको २०÷२० वटा विद्यालयमा उत्थानशीलनगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालन भइरहेको बताउनुभयो । उहाँले विपद्को समयमा विद्यालयहरु आश्रय स्थलका रुपमा पनि प्रयोग गरीने भएकोले विद्यालयले पूर्वतयारी योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरका प्रमुख अर्जुन बहादुर रायमाझीले स्थानीयतह लगायत शिक्षा विकास तथा समन्वय इकाईका साथै श्रोत ब्यक्तिहरुसंग समन्वय र सहकार्य गरी विद्यालयस्तरका कार्यक्रम संचालन गर्न सके कार्यक्रमको प्रभावकारीतामा बृद्धि हुने जनाउनुभयो । उहाँले प्राथमिक उपचार तथा खोज तथा उद्धारका सामग्री विद्यालयमा भण्डारणको ब्यवस्थागर्न भक्तपुर रेडक्रसलाई अनुरोध गर्नुभयो ।
कार्यशालामा जिल्ला कार्यक्रम संयोजक दिनेश थापाले २०७४ सालमा उत्थानशीलनगर प्रवद्र्धन र सहभागिताका र्यक्रमअन्तर्गत संचालित गतिविधिहरु र २०७५ सालको लागितयार गरिएको योजनाको बारेमा प्रस्तुती गर्नुभएको थियो । उहाँले विद्यालयमा जनचेतनामूलक गतिविधिहरु, विद्यालय ब्यवस्थापन समिति तथा शिक्षकसंग अन्र्तक्रिया, बहु प्रकोप जोखिमका बारेमा अभिमुखिकरण, विपद् जोखिमन्यूनीकरण सम्बन्धि प्रशिक्षण, विद्यालय प्राथमिक उपचार प्रशिक्षण,बालकेन्द्रित पैरवी, सरसफाई सम्बन्धि सामग्री बितरण, विद्यालय सुरक्षा योजना निर्माण कार्यशाला, विद्यालय सुरक्षा योजना प्रकाशन, कृत्रिम घटना अभ्यास, लगायत सानास्तरका जोखिमन्यूनीकरणका गतिविधिहरु कार्यक्रम संचालित ४० वटै विद्यालयमा क्रमशः संचालन गरिने बताउनुभयोे ।
कार्यक्रम संचालनका दौरान श्रोत ब्यक्तिहरुसंग समन्वयगर्न, विद्यालयमा संचालन गरिने गतिविधिहरुलाई विद्यालय सुधार योजनामा सम्मिलित गराउनको लागि जेठको दोश्रो हप्ता भित्र श्रोत केन्द्र मार्फत विद्यालयमा पठाउन लगायत नगरपालिकाको शिक्षा शाखासंग समन्वय गरी कार्यक्रम संचालन गर्न सहभागिहरुले सुझाव दिनुभयो ।
नगरपालिका÷समुदायको विपद् उत्थानशील क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ सेप्टेम्बर २०१६ देखि अगष्ट २०२१ सम्मका लािग वृटिश रेडक्रस÷डि.एफ.आई.डिको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी मार्फत संचालन भइरहेको उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम भक्तपुर जिल्ला (भक्तपुर र मध्यपुर थिमी नगरपालिका)लगायत कैलाली, कास्की, काठमाण्डौ, ललितपुर जिल्लामा संचालित छन् ।









































