विश्वकपमा अर्जेन्टिना स्तब्ध, सानदार जित हात पार्दै क्रोएसिया अन्तिम १६ मा

217

काठमाडौं-  २०१८ फिफा विश्वकपमा अर्जेन्टिनामाथि क्रोएसियाले सानदार जित हात पारेको छ।  समूह ‘डी’ को खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोलले पराजित गरेको हो।

जितसँगै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ। पहिलो खेलमा नाइजेरियालाई हराएको क्रोएसियाको ६ अंक भएको छ। यता पहिलो खेलमा आइसल्यान्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। नाइजेरिया र आइसल्यान्डबीच भोलि हुने खेलमा आइसल्यान्डबीच विजयी भए अर्जेन्टिना बाहिरिने खतरा छ। नाइजेरियाले जित हात पारेमात्र अर्जेन्टिनाको सम्भावना बढी हुनेछ।

अर्जेन्टिनालाई पराजित गर्ने क्रममा क्रोएसियाका रेबिक, लुका मोड्रीक र इभान राकिटिकले गोल गरे। रेबिकले अर्जेन्टिनाका गोलकिपरले गरेको गम्भिर गल्तिको फाइदा उठाउँदै ५३ मिनेटमा गोल गरेका थिए। गोलकिपरले डिफेन्डरलाई पास दिएपनि उनले बीचैमा खोसेर गोल गरेका थिए।

मोड्रिकले ८० मिनेटमा अग्रता दोब्बर पारे। उनले डिबक्स नजिकबाट हानेको प्रहारले सिधैं गोलपोस्टको दिशा लिएको थियो। राकिटिकले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे।  खेलमा अर्जेन्टिनाले बल नियन्त्रणमा लिएपनि राम्रो पास र प्रहार गर्न सकेन।