Home निर्वाचन विश्वकै मीठा ५० पेयपदार्थमा नेपालको रक्सी पनि, कुन देशको कुन पेय स्वादिलो...
खानेकुरामा मानिसको आवश्यकता र रुचि जति छ त्यति नै पेय पदार्थमा पनि छ। जुन ठाउँमा होस्, होटल तथा रेस्टुरेन्टमा वेटरले ‘चिसो–तातो के लिनुहुन्छ?’ भनेर सोधेकै हुन्छ। र, यो प्रायः खाना अगाडि नै हुन्छ।
पेय पदार्थ खानाभन्दा अगाडि नै प्राथमिकतामा पर्ने चलन बढ्दो छ।
उसोभए विश्वमा सबैभन्दा बढी कस्ता र कुन पेय पदार्थ स्वादिलो र लोकप्रिय छ त?
केही समयअघि सिएनएन ट्राभलले विश्वका ५० स्वादिला पेय पदार्थको सूची जारी गरेको थियो। देशका आधारमा तयार गरिएको उक्त सूचीमा नेपाल पनि परेको छ। स्वादिलो र लोकप्रिय पेयको सूचीको ४१ औं नम्बरमा नेपालको रक्सी परेको छ।
उक्त समाचारमाध्यमले गहुँ, जौ वा चामलबाट बनाइएको कडा रक्सी सूचीमा समावेश गरेको छ।
हाम्रो छिमेकी भारतमा बनेको आँपको लस्सी पचासौं नम्बरमा छ।
यसबाहेक अन्य देशका विभिन्न पेयपदार्थ सूचीमा छन्। दोस्रो नम्बरमा अमेरिकाको कोकाकोला, तेस्रोमा इथियोपियाको कफि, चौथो नम्बरमा विश्वव्यापीरुपमै बियर, पाँचौंमा चिया छ।
पहिलो नम्बरमा के छ भन्ने साच्दै हुनुहुन्छ भने, पानी छ। जहाँ भएपनि पानी सबैभन्दा लोकप्रिय पेय हो। यसैले यो सूचीको एक नम्बरमा परेको हो।
हेर्नुहोस् कुन देशका कुन पेय पदार्थ लोकप्रिय छन्-
१ पानी
२ कोकाकोला, अमेरिका
३ कफि, इथियोपिया
४ बियर
५ चिया
६ एअर माता कुसिङ, मलेसिया
७ सुन्तलाको जुस, अमेरिका
८ रेड वाइन
९ जीन र टोनिक, बेलायत

१० हट चक्लेट वीथ मार्समेलोज्, अमेरिका

११ सांग्रिया, स्पेन

१२ वाटरमेलन क्यूकम्बर पन्च
१३ कूल-एड, अमेरिका

१४ पास्टिस, फ्रान्स

१५ सेक, जापान

१६ होटलको मिनीबारमा जे भएपनि

१७ लेमोनेड, इजिप्ट
१८ ह्वाइट वाइन
१९ एस केलापा मुडा, इन्डोनेसिया
२० सेक्स अन द बीच, अमेरिका

२१ एगनग, बेलायत

२२ गाटोरेड, अमेरिका
२३ दूध
२४ रकी, टर्की
२५ बबल टि, ताइवान

२६ आइरिस कार बम्ब, अमेरिका
२७ थाइ अाइस्ड टि, थाइल्याण्ड
२८ चक्लेट मिल्कसेक, अमेरिका
२९ काइपिर्हिन्हा, ब्राजिल
३० स्पार्क्लिङ वाटर (पानी)

३१ टकिला, मेक्सिको
३२ बेलिज ओरिजिनल आइरिस क्रिम, आयरल्याण्ड
३३ गाजर जुस
३४ स्याम्पियन, फ्रान्स
३५ येर्वा मेट, दक्षिण अमेरिका
३६ मार्टिनी, अमेरिका
३७ साइडर, बेलायत

३८ मोजिटो, क्यूबा
३९ स्कटिश ह्वस्की, स्कटल्याण्ड
४० नरिवल पानी
४१ रक्सी, नेपाल
४२ शिकुवासा जुस, जापान
४३ फान्टा, जर्मनी
४४ सुजिओङ्ग्वा, कोरिया
४५ सेन्डोल, इन्डोनेशिया

४६ पीना कोलाडा, पुर्तोरिको

४७ गिनिज, आयरल्याण्ड

४८ याकुल्ट, जापान

४९ रेड बुल, अस्ट्रिया
५० आँप लस्सी, भारत

(सिएनएनबाट साभार गरिएको सूची)
Related