विस्केटको लिंगो उभियो

407

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको चौथों शुक्रवार साँझ विस्केटको लिंगो उभीएको छ । साँझ ६ ः३० बजे स्थानिय ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो ठड्याइएको ( उठाइएको ) छ । नयाँ बर्षलाई स्वागत गर्दै पुरानो बर्षलाई विधाई स्वरुप उठाइने भैरवनाथको प्रतिक मानिने लिङ्गो तान्त्रिक विधिअनुरुप पुजाअर्चना गरि अष्टमात्रृकाका प्रतिक आठ वटा डोरीले तानेर उठाइएको थियो । 
पुरानो वर्षको विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा
उठाउने उक्त लिङ्गोको कोखामा (टुप्पोमा) नाग र नागिनिको प्रतिक स्वरुप दुईवटा विश्वध्वजा अर्थात हलिंपत ध्वजा वाँधेर
अष्टमात्रृकाका प्रतिक आठ वटा डोरीले तान्नेर उठाइने प्रचलन रहेको छ ।

प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याएर बैशाखको पहिलो दिन अथार्त १ गतेका दिन सोहि लिङ्गो ढालिने परम्परा रहेको छ ।
शुक्रवार विहान भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको लिंगो उठाइएको छ । राज्यको विरोधमा उभ्याईने उक्त लिंगो स्थानिय आफैले उठाउने परम्परा रहेको छ।