शंखरापुर नगरपालिका खुल्ला दीशामुक्त क्षेत्र घोषणा

480

काठमाडौं । शङ्खरापुर नगरपालिकालाई खुल्ला दीशामुक्त क्षेत्र घोषणा गरिएको छ । २०७५ चैत २८ गतेदेखि नगरपालिका क्षेत्रमा खुल्ला रुपमा दीशा गर्न नपाइने घोषणा गरिएको हो ।

‘एक घर एक चर्पी हाम्रो सान खुल्ला दीसामुक्त क्षेत्र शङ्खरपुरको पहिचान’ भन्ने नाराका साथ नगरपालिकाले गत चैत २८ गतेदेखि खुल्ला दीशामुक्त क्षेत्र घोषणा गरेको हो । नगरपालिका भौगोलिक विकटता, विपन्न वर्गको बाहुल्यता, शिक्षामा कमजोर अवस्था, लगायत समस्याले नगरपालिकालाई खुल्ला दीशामुक्त क्षेत्र घोषणा गराई सरसफाइको क्षेत्रमा अगाडि बढ्नु चुनौतिपूर्ण रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकालाई खुल्ला दीशामुक्त क्षेत्र घोषणा गर्नु अगाडि विभिन्न चरणमा सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार २०६९ सालमा साविकका गाविसहरुमा स्त्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छन्दता समन्वय समिति गठन भइ काम सुरु गरिएको थियो ।

सोही अनुसार अनुगमन गरी चर्पी नभएका घरधुरीहरुको सर्वेक्षण गर्ने कार्य प्रारम्भ गरिएको थियो । त्यस्तै २०६९ सालमा साविकका क्षेत्रिय अनुगमन तथा सुपरिवेक्षण कार्यालयबाट सहकर्ता कर्मचारी खटाइ सुपरिवेक्षण तथा अनुगमन गर्ने कार्य गरिएको थियो ।
२०६८ सालमा नेपाल सरकारले लागू गरेको सरसफाइ गुरूयोजना अनुरूप सन २०१७ सम्ममा खुल्ला दीशामुक्त क्षेत्र घोषणा गर्नुपर्ने भए पनि नगरपालिकाको आन्तरिक समस्याले गर्दा खुल्ला दीशामुक्त क्षेत्र घोषणा गर्न सकिएको थिएनन् ।
शङ्खरापुर नगरपालिकामा भौगोलिक विकटता, विपन्न वर्गको बाहुल्यता शिक्षामा कजोर अवस्था लगायतका समस्याबाट खुल्ला दीसामुक्त क्षेत्र घोषणा गराई सरसफाइ क्षेत्रमा अगाडि बढ्नु आफैंमा चुनौतिपूर्ण हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंमखडाले खुल्ल दीशामुक्त क्षेत्र घोषणा भइसकेपछि पनि नगरपालिकाले नियमति सरसफाइ कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । नगरपालिका खुल्ला दीशामुक्त क्षेत्र घोषणा भएपछि स्थानीयमा समेत शौचालय भन्दा बाहिर दीशापिसाव गर्नु हुन्न भन्ने चेतना जागृत भएको बताउनुभयो ।