शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिने

435

भक्तपुर । वाईसियल नेपालको अयोजनामा शहीद तथा बेपत्ता परिवार सम्मान गरिने भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा १० वर्षे जनयुद्द र दोस्रो जनआन्दोलनमा सहादत हुनु भएका शहीद, बेपत्ता परिवारलाई सम्मान गरिने भएको वाईसियल नेपाल भक्तपुरका अध्यक्ष दिनेश थपलिया आक्रोसले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रममा नेकपाका अध्यक्ष एर्व पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, नेकपाका महासचिब विष्णु पौडेल, नेकपाका केन्द्रिय सदस्य एवं वाईसियलका केन्द्रिय अध्यक्ष दिपशिखा , युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रमेश पौडेल लगाएतका महानुभावको उपस्थितिमा उहाँहरुलाई सम्मान गरिने थपलियाले बताउनुभयो ।
अध्यक्ष थपलियाका अनुसार काठमाण्डौं , ललितपुर र भक्तपुर वाईसियलको संयुक्त आयोजनामा उक्त कार्यक्रम फागुन ३० गते विहान १० बजे पेरिसडाँडामा आयोजना हुने छ । कार्यक्रममा २ सय भन्दा बढि सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।