भक्तपुर । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । ७५ वर्षीय गिरीको शुक्रबार निधन भएको उहाँका भान्जा गोकुल वनले जानकारी दिनुभएको छ ।
२०२५ साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएका गिरी २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनु भएको थियो । सर्वोच्चको न्यायाधीश रहँदा गिरीले शाही आयोग खारेजको फैसला सुनाउनुभएको थियो ।
गिरीको निधनप्रति सर्वोच्च अदालतले शोक व्यक्त गर्दै विज्ञप्ती जारी गरी आइतबार देभरका अदालत तथा न्यायाधिकरणहरु शोक विदाका रुपमा बन्द गर्ने निर्णय भएको जनाएको छ ।
न्याय सेवालाई वखुवी सँग निभाउदै विदा हुनु भएका गिरी एक निडर न्याय क्षेत्रका उदाहरणिय ब्यक्तित्व रहनु भएको उहाँका भान्जा एवं भक्तपुर मोटर ड्ईभिङ अध्यक्ष गोकुल वनले वताउनुभयो ।







































