शिक्षकलाई आन्दोलन छाडेर पढाउन जान सरकारको आग्रह

432

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्‍याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न भनेको छ।

वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ।

शिक्षकहरूले मंगलबार सामुदायिक विद्यालयमा हड्तालको आह्वान गरेपछि मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै विद्यालय पठनपाठनमा फर्किन भनेको हो।

संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो। शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन।

प्रवक्ता अर्यालले सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान पनि गरेका हुन।

Source link