Home शिक्षा शिक्षा सेवीका र्कीलाई ‘वनिताश्री समाज सेवा अभिनन्दन’
काठमाडौं । श्री महेन्द्र शान्ति मावि बालकोट व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष, शिक्षा सेवी एवम् समाजसेवी हेमन्त कुमार कार्कीलाई शिक्षा विकासमा गरेको विशिष्ट योगदानको कदर गर्दै शनिबार राजधानीमा आयोजित एक विशेष समारोहमा अभिनन्दन गरिएको छ ।
वनिता साहित्यीक पारिवारिक त्रैमासिक पत्रिकाको २१ औं वार्षिकोत्सवको अवसरमा पुर्व शिक्षा मन्त्री एवम् वरिष्ठ साहित्यकार डा.मोदनाथ प्रश्रित, वरिष्ठ समाजसेवी एवम् वनिता त्रैमासिककी संरक्षक सुश्री भद्रा घले तथा सम्पादक÷प्रकाशक लक्ष्मी उप्रेतीले संयुक्त रुपमा दोसल्ला र ताम्रपत्र सहितको ‘वनिता श्री समाजसेवा अभिनन्दन २०७५’बाट शिक्षा सेवीका र्कीलाई अभिनन्दन गरेका हुन ।
कार्यक्रममा शिक्षा सेवीका र्कीको साथै समाजमा विशष्टि योगदान पुर्याएका वरिष्ठ साहित्यकार डा.मदन मणि दिक्षीत लगायत विभिन्न २१ जना विशिष्ट व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।
शनिबार अभिनन्दित शिक्षा सेवी कार्कीले आफ्ना स्व.बुबा कृष्ण बहादुर, स्व.आमा हिरा कुमारी र स्व.दाजु अर्जुन कार्कीको स्मृतिमा श्री महेन्द्र शान्ति मावि बालकोटमा ५ लाख रुपैयाँको अक्षयकोष स्थपाना गरि त्यसको ब्याजबाट हरेक वर्ष ४० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।
शिक्षा सेवीका र्कीलाई पुर्व प्रधान न्यायधिश तथा मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले गत मंसीरमा सम्मान गरेका थिए ।
Related