श्री कमला भक्त प्रतिष्ठानद्दारा हनुमानघाटमा तवला

431

भक्तपुर । आफ्नो संस्कृतिलाई जगेर्ना गर्नु पर्छ भन्दै श्री कमला भक्त प्रतिष्ठानले हनुमानघाटमा अवस्थित श्री राम भजन मण्डलीलाई तवला हस्तान्तरण गरेको छ ।

भजन मण्डलीमा भएको एक कार्यक्रम विच प्रतिष्ठानका तर्फबाट समाजसेवी अरुण सैंजूले एक जोडी तवला हस्तान्तरण गुर्न भएको हो ।


हनुमानघाट अवस्थित श्री राम भजन मण्डलीमा भजन कृतनमा सहजताका लागि आफूहरुले तवला हस्तान्तरण गरेको प्रतिष्ठनका अध्यक्ष एव एभरेष्ट स्कूलका प्रिन्सिपल भक्त राजभण्डारीले जानकारी दिनुभएको छ ।

कसैको सानो प्रयासले पनि आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्न सकिन्छ भने उनीहरुले उक्त कार्य गर्नु जरुरत रहेको उहाँको भनाई थियो ।