
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बनेपास्थित दुई पानी बोटलिङ उद्योगमा ताल मारेको छ।
विभागले बनेपास्थित पञ्च वेभरेज प्रालि र बुद्धल्याण्ड मेलम्ची मिनेरल वाटर प्रालिको उत्पादनमा रोक लगाउने निर्णय गरेको हो।
विभागको टोलीले अनुगमन गर्दा अनुज्ञापत्र नवोकरण नगरेको, जारमा सुरक्षण शील नलगाएको, प्रसोधन कक्ष सफा नभएको, बोतल तथा जार म्यानुअल फिलिङ्ग गरेको र प्रसोधित पानीको उत्पादन निर्देशिका अनुरुप मापदण्ड पुरा नगरेकोले शीलबन्दी गरी उत्पादनमा रोक लगाइएको प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए।
विभागले मंगलबार बानेश्वर स्थित संगम स्विटमा ताला लगाएको थियो। त्यहाँ पनि मानव स्वास्थ्यमा हानी पुग्ने खाद्यान्न भेटिएको थियो।
संगम स्विट्सपछि दुई खानेपानी वोटलिङ उद्योगमा ताला, जारमा सुरक्षण शील छैन, भर्ने ठाउँ फोहोर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।











































