संजय साहको मुद्दा फैसलामा ढिलाई, फोरमको अल्टिमेटम

313

जनकपुरधाम । पूर्वमन्त्री एवं पूर्वसांसद संजय साहको मुद्दाको फैसलामा ढिलाई भएको भन्दै मधेश क्रान्ति फोरमले विरोध जनाएको छ ।

सर्वोच्च अदालतको फुल बेच्नले कुनै पनि मुद्दा १८ महिना भित्र फैसला गरिसक्नु पर्ने मापदण्ड निर्धारण गरिसके पनि जिल्ला अदालत धनुषाले ढिलाई गरेको आरोप फोरमले लगाएको छ ।

यसअघि साहकै मुद्दामा सर्वोच्च अदालतले यथासीघ्र निर्णय गर्न जिल्ला अदालतलाई निर्देशन दिएको थियो । तर जिल्ला अदालत धनुषाले निर्देशन पाएको तीन वर्ष वित्दासमेत मुद्दाको सुनवाई अगाडि बढाएको छैन ।

एक महिनाभित्र उक्त मुद्दाको छिनोफानो नभए आन्दोलनमा जाने चेतावनी मधेश क्रान्ति फोरमले दिएको छ ।

 

फोरमका धनुषा जिल्ला संयोजक नविन यादवले हुलाकी न्यूजसँग कुराकानी गर्दै एक महिनामा मुद्दा फैसला नभए आन्दोलनमा जाने अल्मिेटम दिएको बताए । उनले जिल्ला प्रशासन र जिल्ला अदालत धनुषालाई समेत ज्ञापन पत्र दिइएको बताए ।

पूर्पक्षका लागि सिरहा कारागारमा रहेका साहलाई काठमाडौं सारिएको भन्दै फोरमले विरोध गरेको छ । तीन दिनभित्र पुनः सिरहा कारागार फिर्ता पठाउन माग गरेको छ ।