Home समाचार सगरमाथा आरोही स्काउटर पाण्डेद्वारा स्विडेनका राजालाई ‘मेसेन्जर अफ पिस’ झण्डा हस्तान्तरण
बलराम प्यासी
काठमाडौं । २०७५ को बसन्त ऋृतुमा सगरमाथाको सफल आरोहण गरेका स्काउटर प्रकाशराज पाण्डेलेसगरमाथामा आफुसंग लगेको विश्व स्काउट संगठनको ‘मेसेन्जर अफ पिस’ झण्डा स्विडेनका राजा कार्ल गुस्ताफ १६ औं लाई हस्तान्तरण गरेका छन् ।
राजा कार्ल विश्व स्काउट फाउण्डेशनका मानार्थ अध्यक्ष हुन । झण्डा हस्तान्तरण समारोहमा विश्व स्काउट फाउण्डेशनका अध्यक्ष लार्स कोलिण्ड समेतको उपस्थिति थियो ।

गत ४ देखि ९ अप्रिलसम्म दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित विश्व स्काउट फाउण्डेशनका लगानीकर्ताहरुको विश्व सम्मेलन तथा ७२ औं बेडेन पावेल फेलोसिपमा आयोजित सम्मेलनमा स्काउटर पाण्डेले सो झण्डा स्विडेनका राजालाई हस्तान्तरण गरेका थिए ।
विश्वभरीका २५० भन्दा बढी स्काउटका लगानीकर्ताहरुको सहभागिता रहेको उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघका पुर्व महासचिव बान कि मुन, कोरिया स्काउट संगठनका प्रमुख डा.हाम जोन हांग लगायतले सम्मेलनमा बोलेका थिए ।
झण्डा हस्तान्तरण अघि स्काउटर पाण्डेलेसम्मलेनमा आफुले सगरमाथा आरोहण गर्दा झेल्नुपरेका समस्या र सगरमाथा आरोहणका क्रममा हुने गरेका प्राकृतिक र मानवीय दुर्घटनाका बारेमा वृत्तचित्र प्रस्तुत गरेका थिए । सम्मेलनमा भाग लिएर पाण्डे बिहीबार नेपाल फर्केका छन ।
यसैवर्षको जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका स्काउटर पाण्डेले सन् २०१६ र २०१७ मा गरि दुईपटक रसुवास्थित ५ हजार ८९० मिटर अग्लो वेडेन पावेल हिमाल तथा सन २०१८ मै आमादब्लम हिमालको सफल आरोहण गरेका थिए ।
Related