भन्ने आवजलाई उठान गरी सशस्त्र द्वन्द्व चलाएको माओवादीले एउटा स्वतन्त्र कलम चलाउने पत्रकारको ज्यान दिए । खानेपानीको सम्बन्धी छलफलमा आमन्त्रीत गरिएका डेकेन्द्रलाई अनाहकमा तपाईँसँग केही बुझ्नु छ भने अपहरण गरे, लेकाली भेगका तत्कालिन भवानी, वालुवाटार, रानीवन, तोली, नौमुले र द्धारी गाविसहरुमा उनलाई घुमाए । त्यक्रममा माओवादीहरुले डेकेन्द्रलाई दिने पुर्ने सवै सजाए दिईसकेका थिए । एउटा काम बाँकी थियो, जुन काम डेकेन्द्रको हत्या गर्नु थियो । त्यहि काम वि.स. २०६१ साल साउन २७ गते पूरा गरे । उनीहरुको एउटा मिसन सफल भयो । नेपालीहरुलाई शासकहरुले शासन गरे त्यसबाट अव नेपालीहरुले मुक्ति पाउनु पर्दछ, सामान्ती शासन चाईदैन, नेपालीहरुले प्रजातन्त्र चाहेका छन । देशमा लोकतन्त्र र गणतन्त्र सहितको संविधान आउनु पर्दछ । मानिसहरु स्वतन्त्र हुनु पर्दछ भनी चिच्याउने माओवादीले एउटा स्वतन्त्र पत्रकारलाई निर्मम यातना दिई हत्या गरेका थिए ।