समय अगावै हजारौं मजदुर बेरोजगार

462

भक्तपुर । सिजनल रोजगारीका लागि ईटा उद्योगहरुमा आएका मजदुर अविरल बर्षका कारण बेरोजगार भएका छन् । वर्षको छ महिना काम गरि वर्ष भर जिविकोपार्जन गर्ने बाध्य मजदुरहरु वर्षा अगावै परेको पानीका कारण बेरोजगार भएका हुन् ।
महिनाको एक लाख सम्म आम्दानी गर्ने उनीहरु विगत केहि दिन देखि परेको पानीका कारण घर न घाटका भएका छन् ।
अघिल्लो वर्ष ७ लाख आम्दानी गरेका थियौं यो वर्ष सजिलो ठाउँमा परेका थियौं १० लाख जति आम्दानी होला भन्ने सोचेका थियौं तर जहिले पनि पानी परेको परै गर्दा जम्मा ३ लाख जोखाउन पनि धौं धौं भयो दाङका कमल परियार बताउँछन् । हामीले पोहर ४ जनाले ७ लाख कमाएका थियौं यो वर्ष ५ जना हुँदा पनि जोगिने भने ३ लाख मात्र भयो अरु पैसा त खानामा नै ठिक्क भयो ।
जहिले पानी परेको परै गर्छ ईटा पार्न नै पाईएन खानामा मात्र खर्च भयो हामी छिटै नै बेरोजगार पनि भयौं आव भारत तर्फ लाग्नुको विकल्प छैन यती पैसाले त अर्को सिजन सुरु हुने बेला सम्म खान पनि पुग्दैन फेरी पहिला लिएको पैसा पनि त निर्नु नै पर्यो ।
हामी अझ एक महिना ईटा पर्न सक्थ्यौं चैत महिना त अलि अलि पार्न पाएका थियौं तर यो महिना त पार्न सकिएला जस्तो छैन दिन दिनै पानी पर्छ अव घर लाग्नुको विकल्प छैन उनले सुनाए ।

यस्तै काभ्रेका सुमन माझी अनी कल्पना माझीको पनि कहानी उही छ उनीहरुले पनि यो वर्ष धेरै पैसा जम्मा गरेर भुकम्पले भत्काएको घर टाल्ने सपना बुनेका थिए तर वर्ष अगावै आएको हावा हरी अनी पानी सँगै उनीहरुको समपना पनि सडेको उनीहरु सुनाउँछन् ।
भक्तपुर भर मात्र लाखौं मजदुर पानीका कारण बेरोजगार हुन् पुगेका छन् ।

वर्षा सूरु हुनु अगावै परेको पानीले भक्तपुर भर करोडौंको काँचो ईट्टा नस्ट भएको छ ।