समाजवाद अध्ययन केन्द्रले वाल्मिकेश्वर घाटमा पानी ट्याङ्की प्रदान गर्ने

1203

भक्तपुर । हिन्दु संस्कार अनुसार दाह संस्कार गरि सकेपछि नुहाउनु पर्ने संस्कार रहेको छ । तर वागिश्वरी स्थित वाल्मिकेश्वर घाटमा भने पानीको समस्यका कारण दाह संस्कारमा नै कठिनाई हुँदै आएको छ ।

वाल्मिकेश्वर घाटमा पानीको समस्या समाधान गर्नका लागि समाजवाद अध्ययन केन्द्रले उक्त स्थानमा पानी ट्याङ्की घारा अनी पानीको लागि मुल ब्यवस्थापन गर्न सहयोग गर्ने भएको छ ।

लगभग एक हजार घर धुरी भन्दा बढीले घाट प्रयोग गर्दैै आएको भएपनि घाटमा पानीको समस्यका कारण चिता धुन समेत कठिन भएका कारण समाजवाद अध्ययन केन्द्रले घाटमा पानी ब्यवस्था गर्न लागेको  केन्द्रका अध्यक्ष दुर्गा प्रसाद फुयालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाललाई २ हजार लिटरको एक पानी ट्याङ्की पानीको लागि मुल देखि घाट सम्म खानेपानीको पाईप विस्तार गर्ने र घाटमा आउनेहरु नुहाउनको लागि घारा आदि ब्यवस्था समाजवाद अध्ययन केन्द्रले गर्न लागेको वताउनुभयो ।