समुदायमा आधारित अग्नि नियन्त्रण तालिम सम्पन्न

859

समुदायमा आधारित अग्नि नियन्त्रण तालिम सम्पन्नचाँगुनारायण र शंखरापुर नगरपालिकामा संचालन भैरहेको प्रगति परियोजना र दुवै नगर स्तरीय विपद ब्यबस्थापन तथा जलवायु उत्थानशिल समितिको आयोजनामा साँखुस्थित बालक्षेत्रमा ३ दिने समुदायमा आधारित अग्नि नियन्त्रण तालिम यहि श्रावण १७ गते  सम्पन्न भएको छ ।

समुदायमा सकेसम्म आगलागी हुन् नदिन र भैहाले समुदायस्तरबाट अग्नि नियन्त्रण गर्न दक्ष जनशक्ति उत्पादन गर्ने उध्देश्यले तालिमको आयोजना गरीएको थियो । तालिमको अन्तिम दिन समापन समारोहमा बोल्दै शंखरापुर नगरपालिका वार्ड न. ६ र ७ का वार्ड अध्यक्ष राधाकृष्ण श्रेष्ठ र विष्णुप्रसादस श्रेष्ठले तालिमबाट सिकेका कुरालाई तालिमकर्ताहरुले आवश्यक परेका बेला समुदायमा प्रयोगमा ल्याए मात्र तालिमको उध्देस्य पुरा हुन सक्ने कुरामा जोड दिनुभएको थियो ।

यसै गरि म्ऋब् का विपद बिज्ञ कृष्णा कार्कीले परियोजना संचालनका क्रममा उत्पादन भएका दक्ष जनशक्तिको स्थानीय निकायले उचित तरिकाले ब्यबस्थापन गर्दै लाभ लिनु पर्ने र स्थानीय तहसंग विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन कार्यमा परियोजना नभएका समयमा समेत संस्थागत रुपमा सहकार्य, समन्वय गर्न आफु सदैब तयार रहेको बताउनु भयो ।

तालिममा चाँगुनारायण नगरपालिकाबाट ६ जना , शंखरापुर नगरपालिकाबाट ११ जना , महानगरीय प्रहरी परिषर भक्तपुरबाट ६ जना र महानगरीय प्रहरी प्रभाग साँखुबाट २ जना गरि २५ जना सहभागी भएका थिए ३ दिनकै तालिम शसस्त्र प्रहरी बलका अग्नि नियन्त्रण तालिमकर्ता प्र. नि. शम्भु बिक्रम साह सहितका ४ जनाले सहजीकरण गर्नुभएको थियो ।