सरकारको छवि सुर्धान निर्मलाको हत्यारा सार्वजनिक गर्नु पर्ने : तरुण दल

398

भक्तपुर । सरकारले आफ्नो छवि सुधार गर्न प्रभुका छोरीबाट आर्शिवाद नभई नेपालकी छोरी निर्मला पन्तको हत्यारा सार्वजनिक गर्नु पर्ने तरुण दल भक्तपुरले जनाएको छ ।

निर्मला पन्तका वास्तविक दोषीलाई सार्वजनिक गर्न माग राख्दै नेपाल तरुण दल भक्तपुरले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै सरकारले आफ्नो विग्रेको छवि सुधार गर्न पन्तको हत्यारा सार्वजनिक गर्दै बढदो हत्या हिंसालाई न्यूनिकरण गर्नुपर्ने जनाएका छन् ।

सोमबार तरुण दल भक्तपुरले दुधपाटी देखि जिल्ला प्रशासन कार्यालय सम्म विरोध ¥याली गर्दै ज्ञापन पत्र बुझाएको हो ।
कन्चनपुरमा भएको निर्मला हत्या काण्ड, रोल्पामा नेपाल तरुण दलका नगर सभापतिको हत्या लगायत दिन दिनै बढ्दो सामाजिक असुरक्षा, बालबालिका अपहरण महिला दिदीबहिनीहरु प्रतिको योनजन्य हिसांहरु लगायत चौतर्फी रुपमा जनताको प्रत्यक्ष सरोकार रहेका विषयमा सरकार उदासिन भएको भन्दै तरुण दल भक्तपुरले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रि तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सरकार वोईङ वडी बिमानमा अकुत भ्रष्टाचार भएको प्रति कानमा तेल हाल्नु देशमा दिन प्रति दिन भएको हत्या हिंसा एवं भ्रष्टाचारलाई सरकारले नै संरक्षण गर्नुले देश आपराधिककरण तर्फ गएको बताउनुभयो ।
देशमा हाल भई रहेको अराजकताको विषयमा सरकारलाई ध्यानाकर्षण स्वरुप आज जिल्ला प्रशासन कार्यालय मार्फत छ बुँदे ज्ञापन पत्र बुझाएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापा , प्रदेश सभा सदस्य रजनी जोन्छे, जिल्ला नेताहरु राजाराम खड्का, हरि नेपाल , किरण न्यौपाने,पशुराम पाण्डे , जीवन खत्री लगायत सयौंको उपस्थिती रहेको थियो ।