सर्भे सोसाइटी कास्की गठन

1854

कास्की । जिल्लाका ईन्जिनियरिङ्ग सर्भे सेवा समुहका नापीकर्मीहरुको एक भेलाले सर्भेयर्स सोसाइटी कास्की गठन गरेको छ ।

विजया दशमीको शुभकामना आदन प्रदान कार्यक्रमसंग संगै आम सर्भे पेसाकर्मिको हित , कर्तव्य , र अधिकारका बारेमा संगठित संस्थाको आवश्यकता महसुस गर्दै भेलाले पेसागत सस्था सर्भेयर्स सोसाइटी कास्की गठन गरेको हो ।

कार्यक्रममा आफ्नो पेसाद्वारा कसरी देसको पुर्वाधार बिकास र पेसाकर्मी एबं राज्यको हित र समृद्धि हुन्छ त्यही मुलमन्त्रका साथ उक्त संस्थाको गठन गरिएको आयोजकले जनाएको छ ।

भेलाले कास्कीको पुर्बाधार बिकास र सम्बृद्धीका लागि नेपाल सरकारका पूर्व सचिव तथा नापी बिभागका पूर्ब महानिर्देशक बाबुराम आचार्यको संरक्षकत्वमा निम्न बमोजिम “सर्भेयर्स सोसाइटी कास्की“ तदर्थ कार्यसमिति गठन गर्ने निर्णय समेत गरेको थियो ।

यस कार्यसमितिले आगामि दिनमा आफ्नो कार्य क्षेत्रमा आइपर्ने समस्या समाधानका कार्यक्रम गर्दै जाने र संस्थालाई बिधानत सञ्चालनमा ल्याइने संस्थाका सचिब ईन्जिनियर दिनेस लामिछानेले जनाउनु भयको थियो ।

सर्भे सोसाइटी कास्कीका उपाध्यक्ष नापी अधिकृत प्रदिप श्रेष्ठले अब अन्य जिल्लामा जस्तै कास्कीका पेसागत साथीहरुको हितमा कार्यसमितिले काम गर्ने उहाँको भनाई थियो ।
युबा ईन्जिनियर बिशाल थापाले आफू सर्भे सोसाइटी कास्कीको आगामी दिनलाई नबिनतम सोच र सामाजिक हितमा समेत प्रयोगमा ल्याउँदै सर्भे पेसाको शिर उँचो बनाउन लाग्ने बताउनु भयो आज २०७५ असोज २७ गते स्थापित संस्थालाई नेपाल सरकारका पुर्ब सचिब बाबुराम आचार्यले आफुले संरक्षण गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

यस पेसागत सस्थालाई पेसाकर्मीको हित मात्रै नभै समग्र कास्कीमा सर्भे पेशाबाट के कति नागरिक सन्तुष्ट छन् त्यसको बारेमा पनि अध्ययन् गरिने भेलामा सहभागीले बताउनु भयको थियो ।

तदर्थ कार्यसमिति यस प्रकारको रहेको छ ।

संरक्षक बाबुराम आचार्य

अध्यक्ष भरत राज आचार्य

उपाध्यक्ष प्रदिप कुमार श्रेष्ठ

सचिब दिनेश लामिछाने

कोषाध्यक्ष झलक नाथ गौतम
सदस्यहरुमा गंगालाल पोख्रेल
बिष्णु भन्डारी
कृष्ण प्रसाद आचार्य
बिशाल थापा
ऋषि थापा
लक्ष्मी थापा
शिबशोभा खड्का रहेका छन् ।