३० औं विश्व एड्स दिवसको सन्दर्भमा भक्तपुरको मध्यपुर थिमि सहकारीले संस्थाका महिला सदस्यहरुको लागि स्वास्थ्य सम्बन्धिको एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कार्यक्रममा सहभागी करिव तीन दर्जन महिलाहरुलाई परिवार नियोजन, यौनजन्य रोगको संक्रमण तथा अन्य स्वास्थ्य सम्बन्धिको जानकारी गराएको हो ।
“विशेषगरी नेपाली महिलाहरु यौनजन्य स्वास्थ्य सम्बन्धिका समस्या खुलेर कुरा गर्न सक्दैनन् ।” जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का स्वास्थ्यकर्मी मेनुका भासिमा बताउँछन् । त्यसैले पनि हामीले देशभरका विभिन्न संघसस्थासँगको सहकार्यमा महिला स्वास्थ्य सम्बन्धिको जानकारी गराउँछौं, स्वास्थ्यकर्मी भासिमा बताउँछन् ।
अभिमुखिकरण कार्यक्रमलाई जन्त्रका सुधीर राई तथा सुनिता राउतले पनि फरक विषयमा स्वास्थ्य सम्बन्धिको जानकारी गराएका थिए । शंखधर चोकको सहकारी कार्यालयको भवनमा भएको कार्यक्रमलाई सहकारी संस्थाको महिला उपसमिति, जन्त्र तथा पी. एस. आईले संयुक्त रुपमा आयोजना गरेको हो ।







































