साकुरा बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

281

भक्तपुर । साकुरा बहुउद्देश्यीय सहकारी संस्था लि, सूर्यविनायकको तेस्रो वार्षिक साधारण सभा शनिबार सूर्यबिनायक नगरपालिकाको नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा नगर प्रमुख थापाले संविधानले परिकल्पना गरेको तीन तहको सरकार मध्ये स्थानीय तह मातहत सरकारी संस्था रहेकाले सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने दायित्व नगरपालिकाको भएको बताए ।

नगर प्रमुख थापाले सहकारीको सिद्धान्त, मूल्य मान्यतालाई ध्यान दिएर सहकारी संस्थाले रोजगारीमूलक, उत्पादनमूलक, आयमूलक र व्यवसायमूलक क्षेत्रमा लगानी गरि युवा शक्तिलाई विभिन्न अवसरहरु दिई श्रम, सिप र दक्षता स्वदेशमा नै उपयोग गरी युवा शक्ति विदेशीने क्रमलाई केही हदसम्म रोक्न महत्वपूर्ण भुमिका खेलेको बताए ।

आफ्नो नगरका बारे जसरी भ्रष्टाचारको बिषय बाहिर आएको छ, त्यसमा सत्यता नभएको र गलत काम गर्ने हरेकलाई कानुनी प्रक्रिया अनुसार कारवाहीको भागी बनाउने समेत उनले बताए ।

सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले सामान्य बचत गरि जीवनको आर्थिक पाटोलाई सबल बनाउने काममा साकुराको भूमिका अझ मजबुद पार्दै लैजानु पर्नेमा जोड दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र कुमार मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।