सापकोटाको बिदाइले गोकर्णेश्वरका कर्मचारी र जनप्रतिनिधिका आँखा रसाए

138

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा करिब २२ महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा प्रवाह गर्नुभएका उपसचिव बैकुण्ठ प्रसाद सापकोटाको शुक्रबार बिदाइ तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ । सापकोटाको बिदाइमा नगरपाकिलाकाका कर्मचारी र जनप्रतिधिको आखाँ रसाएका छन् । सभ्य र सरल स्वभावका सापकोटाले सधै नीति, नियम र कानुनलाई आधार मानेर सेवा प्रवाह गर्दै आउनु भएको थियो । हक्की र निडर स्वभावका कुशल प्रशासक सापकोटा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनु भएको छ । गाकर्णेश्वरमा सापकोटाको बिदाइ सँगै अर्का उपसचिव टेकराज पन्थीलाई शुक्रबार नै स्वागत गरिएको छ ।
उहाँलाई नगरपालिकाका प्रमुख दीपक रिसाल र उपप्रमुख सान्नानी लामाले स्वागत गर्नुभयो । यस अगाडि रुपन्देहीको बुटवल उप–महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरहत हुनुुहुन्थ्यो । स्थानीय तहको अब्बले र अनुभवी प्रकाशकको रुपमा पन्थीलाई चिनिने गरिएको छ ।


स्वागत तथा फेरी भेटौला कार्यक्रममा नगर प्रमुख दीपक रिसालले प्रमुख प्रशासकीय अधिकृतले शालिनताका साथ संभव भएसम्मका सेवाग्राहीका काम सहज रुपमा गर्न नवनियुक्त प्रमुख प्रकासकीय अधिकृतलाई आग्रह गर्नुभयो ।
नगरपालिकामा सभ्य र शालिन व्यक्ति बस्ने भन्दै शालिन भएर सेवा प्रवाह गर्न उहाँले प्रमुख प्रकासकीय अधिकृतलाई अनुरोध गर्नुभयो ।
रिसालले बाँकी चार वर्षमा यतिकै रुपमा नगरपालिकाले विकास निर्माणको काम गर्न सकियो भने गोकर्णेश्वर नगपालिकालाई नमूना नगरपालिकाको रुपमा बनाउन सकिने स्पष्ट पार्नुभयो । नगर सभा र कार्यपालिकाले गरेका निर्णयलाई कार्यान्वयन गर्ने काममा नवनियुक्त प्रमुख प्रकासकीय अधिकृतबाट थप सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बिदाइ हुँदै निवर्तमान प्रमुख प्रकासकीय अधिकृत सापकोटाले अझै पनि सरकारले जनप्रतिधिको क्षमता वृद्धि गर्न नसकेको भन्दै उहाँले सरकारले अब पहिलो प्राथमिकता राखेर स्थानीय तहका जनप्रतिनिधिको क्षमता विकास गर्नुपर्नेमा जोड दिनुभयो । सबै कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने नगरपालिकाको समग्र विकास र सुशासन कायम गर्न सहज हुने भन्दै उहाँले कर्मचारीले पूर्णरुपमा सेवाको भावले काम गर्नुपर्नेमा बताउनुभयो । सापकोटाले नगरपालिकामा बसेर काम गर्ने क्रममा कुनै कमीकजोर भए वा कर्मचारीलाई कडा शब्द प्रयोग गरेको भए पनि त्यसलाई बिर्सनसमेत सबै कर्मचारीलाई आग्रह गर्नुभयो ।


नगरपालिकाका जनप्रतिनिधि पूर्णरुपमा सहयोगी भएको भन्दै सबै जनप्रनिधिलाई धन्यवाद प्रदान गर्नुभयो । गोकर्णेवरको कार्यपालिकामा सबै प्रशासकिन निर्णय हुने गरेको भन्दै यसले सुशासन कायम गर्न थप सहज भएको उहाँले स्पष्ट गर्नुभयो ।
नव नियुक्त प्रमुख प्रशाकीय अधिकृत पन्थीले सुशासन र सेवा प्रवाह गर्ने क्रममा आफनो क्षमताले भ्याएसम्म कुनै कमीकजोरी नराखिने बताउनुभयो । उहाँले पीत पत्रकारीता नगरी स्वास्थ्थ प्रत्रकारित गर्न सबै पत्रकारलाई आग्रह गर्नुभयो । कर्मचारीले सधै उच्च मनोबल बनाएर काम गर्नुपर्ने भन्दै उहाँले कर्मचारी र जनप्रतिधिले कार्यालयमा बसेर सेवा प्रवाह गर्दा आफनो परिचय पत्र लगाउन आग्रह गर्नुभयो । सेवाग्राहीका हरेक काममा ऐन नियम र कानुनले दिएसम्म कुनै कसर बाँकी नराखी काम गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
पन्थीसँग यस अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन शाखामा बसेर काम गरेको अनुभव छ ।