सामुदायिक विद्यालय महांसंघ नेपालको ककनी गाउँपालिका स्तरिय समिति गठन

518
नुवाकोट । रामजी फुयालको अध्यक्षतामा सामुदायिक विद्यालय महासंघ ककनी गाउँपालिका स्तरिय समिति गठन भएको छ । फुयालको अध्यक्षतामा २१ सदसिय समिति गठन भएको हो ।
सामुदायिक विद्यालय महासंघ नेपाल प्रदेश नम्वर ३ अन्तर्गत सो संगठन निर्माण भएको हो ।
कार्यक्रममा ससस्त्र प्रहरी बल एसएसपी गणेश ठाडा मगरले नेतृत्व केवल देखाउन मात्र नभएर काम गर्नको लागि भएको बताउनुभयो । उहाँका अनुसार हाल सामुदायिक विद्यालय ब्यवस्थापनमा नेतृत्वको कमजोरी देखिएको जनाउँदै आगामी दिनमा पनि नेतृत्व केवल देखाउनका लागि मात्र भए सामुदायिक विद्यालयको भविश्य खतरामा पर्ने बताउँदै अव केहि गर्ने दिन आएको बताउनुभयको थियो ।
सामुदायिक विद्यालयलाई सुरक्षा र विकास सँग सँगै लानु पर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले सामुदायिक विद्यालय सुधारकालागि आफूहरु लागि पर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालय सुधार नभएसम्म शिक्षामा केहि पनि सुधार नहुने बताउँदै गरिवका छोराछोरी शिक्षित पार्न सामुदायिक विद्यालय सुधार आवश्यक भएकाले आफूहरु यसका लागि जस्तो पनि कदम चाल्न तयार भएको बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रदेश नम्वर तीनका अध्यक्ष केशव प्रसाद चालिसेले प्रत्येक सामुदायिक विद्यालयमा प्रविधिक शिक्षाको आवश्यकता भएको दर्शाउनुभयो । उहाँले अव देश भरका स्थानीय निकायले यसकालागि काम गर्नु पर्ने समेत जनाउनुभएको थियो ।
कार्यक्रममा ककनी गाउँपालिकाका ४४ वटा नै सामुदायिक विद्यालयका प्रअ विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघका केन्द्रिय सचिवदेवी खड्काले हाल ८३ प्रतिशत विद्यार्थी समुदायिक विद्यालयमा अध्ययन गर्ने जानकारी दिनुभयो । अव उक्त ८३ प्रतिशत विद्यार्थीको भविश्यको सुनिश्चितताको लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीयसरकारले काम गर्नु पर्ने उहाँको धारणा थियो ।

गाउँपालिका स्तरिय समिति गठन प्रक्रियाको निर्वाचन मण्डलमा सहजिकरण सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ प्रदेश नम्वर ३ का सचिव संगम लामाले गर्नुभएको थियो भने कार्यक्रम सभापति भने नुवाकोट जिल्लाका लागि समितिका अभियन्ता भाग्यश्री लामाले गर्नुभएको थियो ।