सामुदायिक श्रमिक शान्तिका ७ छात्रा उत्कृष्ट

410

ललितपुर ।

२०७४ सालको माद्यमिक शिक्षा परिक्षा एसईईमा च्यासल ललितपुरको सामुदायिक विद्यालय श्रमिक शान्ति मावि च्यासलबाट सर्वाेत्कृष्ट अंक ३ दशमलव ९५ जिपिए ल्याउने छात्रा मोनिका तामांगसहित ९० देखि १०० अंक अर्थात ‘ए प्लस’ ल्याउनेमा ७ जना छात्रा छन् ।

सो परिक्षामा ‘ए प्लस’ ल्याउने अन्य ६ जना छात्राहरुमा प्रतिना भण्डारी, प्रदिप्ती भण्डारी, मनिषा लामा, प्रदिप्ती पौडेल, मीना श्रेष्ठ र लक्ष्मी कँडेल छन् ।

विद्यालयको इतिहासमा हालसम्मकै सर्वाेत्कृष्ट अंक ल्याएकी छात्रा तामांगलगायत विज्ञान विषय पढ्न चाहने आर्थिक अवस्था कमजोर रहेका अन्य विद्यालयका छात्रछात्रालाई श्रमिक शान्ति माविले ११ कक्षामा छात्रवृत्तिमा पढाउने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारले बताए । सो माविले कक्षा ११ र १२ मा विज्ञानको साथै वाणिज्य, मानवीकि र शिक्षा विषयमा पढाउँदै आएको छ ।

एसईई परिक्षा उतिर्ण ९० विद्यार्थीलाई विद्यालयमा आयोजित एक कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकार र प्रधानाध्यापक सानुलाल व्यञ्जनकारले सम्मान गरेका थिए ।