सिन्धुली–१ मा कांग्रेसले उज्ज्वल बराललाई उम्मेदवार बनायो

0

 

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेसको आज बसेको संसदीय बोर्ड बैठकले बरालको नाम स्वीकृत गर्दै उनलाई टिकट दिने निर्णय गरेको हो।

यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै, यस क्षेत्रमा विघटित प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस मुख्यसचेतक श्याम घिमिरे पनि टिकटका आकांक्षी थिए। शेरबहादुर देउवानिकट घिमिरेले यसपटक टिकट पाउन सकेनन्।

उज्ज्वल बरालले भने, “मैले टिकट पाएको छु। अब भोलि मनोनयन दर्ता गर्छौं।”