सिरहा–१ मा कांग्रेसले रामसुन्दर चौधरीलाई उम्मेदवार बनायो

0

सिरहा । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र–१ बाट रामसुन्दर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सोमबार बसेको पार्टी संसदीय बोर्डको बैठकले चौधरीलाई टिकट दिने निर्णय गरेको हो।

चौधरी लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित छन्। उनले शिक्षा, स्वास्थ्य तथा स्थानीय विकासका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएका छन् र समुदायस्तरमा विभिन्न जनसेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छन्।