सिर्जनात्मक क्षमता वृद्धि गन कविता लेखन

861

भक्तपुर । विद्यार्थीको सिर्जनात्मक क्षमता वृद्धि गर्न कविला लेखन प्रशिक्षण दिईएको छ । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी(सेकेन्डरी स्कुल)माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे उनीहरुको सिर्जनात्मक क्षमता वृद्धि गर्न प्रशिक्षण दिएको हो । कविता कथा एवं अन्य साहित्य लेखन प्रशिक्षण दिदाँ विद्यार्थीका सिर्जनात्मक क्षमतामा वृद्धिहुने भएका कारण उनीहरुलाई एक दिने कविता लेखन प्रशिक्षण दिएको विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले जानकारी दिए ।
‘विद्यार्थीहरुमा कविता लेखनको सीप विकास गर्न तथा उनीहरुलाई कविता लेख्ने तरिकाबारे जानकारी दिन एक दिने प्रशिक्षण दिइएको प्रिन्सिपल कवांले भने ।
प्रशिक्षणमा सञ्चारकर्मी एवं स्रष्टा हरिसुन्दर छुकांले कविता लेखनको विषयमा कक्षा सञ्चालन गरेका थिए । । सोही अवसरमा प्रिन्सिपल कवां, सहायक प्रिन्सिपल रत्नवीर किसी तथा विद्यार्थीहरुले पनि कविता वाचन गरेका थिए ।
कविता लेखन सम्बन्धमा विद्यालयका विद्यार्थीहरुलाई दिइएको प्रशिक्षणका क्रममा कविता लेखनले विद्यार्थीलाई पुगेको लाभका विषयमा चर्चा भएको थियो ।