काभ्रे । सुरक्षित विद्यालय अभियानकालागि देउसी भैलो खेलिएको छ । सामुदायिक विद्यालय व्यवस्थापान समिति महंसंघ नेपालको आयोजनामा र भालेश्वर माविको संयोजनमा काभ्रेको पनौतीमा देउसी भैलो खेलिएको हो ।
पनौती नगरपालिकाको भलेश्वर माविमा आयोजना गरिएको देउसी भैलोमा अवका दिनमा कसरी विद्यालय सुरक्षा अभियानलाई मुर्त रुप दिन सकिन्छ भनी सवै लाग्नु पर्ने पनौती नगरपालिका शिक्षा शाखा प्रमुख महेश्वर जंगमले बताउनुभयो ।

आजका दिनमा देउसी भैलो पनि एक विकृतिको रुपमा रहे पनि सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसंघले सुरक्षित विद्यनलय अभियान सफल बनाउने हेतुले जनचेतनामुलक देउसी भैलो देल्नु उदाहरणिय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति महांसंघका महासचिव गुणराज मुक्तानले सामुदायिक विद्यालय प्रतिको नकारात्मक भावना हटाउनु पर्ने बताउनुभयो । उहाँले अवका दिनमा सामुदायिक विद्यालय सुरक्षित एवं विद्यालय प्रतिको नकारात्मकता चिर्नु आवश्यकता भएको बताउनुभयो ।
सुरक्षित विद्यालय बनाउन नसकेसम्म विद्यार्थीको स्तर उन्नतीको कल्पना गर्नु अनुचित भएको विद्यालय व्यवस्थापन समिति महांसंघ प्रदेश नम्वर ३ का सचिव संगम लामाले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई शिक्षा दिन मात्र विद्यालय स्थानीय निकाय सरकारको दाहित्व नभई उनीहरुलाई सुरक्षित वातावरणमा पठन पाठन गर्ने वातावरण बनाउनु पनि सवैको दाहित्व हो ।
भालेश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको सुरक्षित विद्यालय अभियानका लागि आयोजित देउसी भैलो कार्यक्रममा केन्द्रिय सदस्य शारदा प्रसाद चालिसे , पनौती नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष केशव बन्जारा, भलेश्वर विद्यालयका प्रअ रामचन्द्र थापा , शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण बन्जारा, पत्रकार मोहन दोङ लगाएतका अतिथिको उपस्थिति रहेको थियो ।







































