भक्तपुर । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर श्रद्धाञ्जलिका लागि भोलि (बुधबार) सम्म ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल लैजाने क्रममा नेम्वाङको बाटोमै निधन भएको थियो ।








































